अमेरिकी डलरको बढ्दा युरो र पाउण्ड स्टर्लिङ घट्यो, यस्तो छ शनिबार विभिन्न मुद्रा सटही भाउ

शनिबार अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ६८ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा कायम भएको छ । शुक्रबार खरिद दर १४३ रुपैयाँ ६७ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा थियो ।

काठमाडौं। अमेरिकी डलरको विनिमय दर झनै बढेको छ । शनिबार युरो र पाउण्ड स्टर्लिङको विनिमय दर भने घटेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ६८ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा कायम भएको छ । शुक्रबार खरिद दर १४३ रुपैयाँ ६७ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा थियो ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १६७ रुपैयाँ ३४ पैसा र बिक्री दर १६८ रुपैयाँ ४ पैसा छ । शुक्रबार खरिद दर १६७ रुपैयाँ ७३ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा थियो । त्यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिद दर १९१ रुपैयाँ ५५ पैसा र बिक्री दर १९२ रुपैयाँ ३५ पैसा छ । शुक्रबार खरिद दर १९१ रुपैयाँ ८९ पैसा र बिक्री दर १९२ रुपैयाँ ६९ पैसा थियो ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।