सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२५’ अवार्ड
नेपालबाट सिटिजन्स बैंकसहित विश्वका विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । यसअघि सन् २०२४ मा पनि सिटिजन्सले नै बैंक अफ दी इयरको अवार्ड पाएको थियो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले फेरि एक पटक बैंक अफ द इयर अवार्ड पाएको छ ।
संयुक्त अधिराज्य (युके) लण्डनमा आयोजित विशेष समारोहमा द फाइनान्सियल टाईम्सले डिसेम्वर ३ मा सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश राज पोखरेलले संयुक्त रुपमा बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२५ को सम्मान ग्रहण गरेका छन् ।
अध्यक्ष पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर अवार्डबाट लगातार दुई वर्ष सम्मानित हुन पाँउदा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ल्याउन हौंसला मिलेको बताए ।
त्यसैगरी बैंकका सिइओ पोखरेलले यस अवार्डको प्राप्ती संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट संम्भव भएको बताए । आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता सिइओ पोखरेलले गरे ।
नेपालबाट सिटिजन्स बैंकसहित विश्वका विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् ।
प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव लगायत पक्षमा बैंकले लिने गरेका अग्रसरतालाई मुख्य आधार बनाउँदै बैंक अफ दीइयरको अवार्ड प्रदान गरिँदै आएको छ । यसअघि सन् २०२४ मा पनि सिटिजन्सले बैंक अफ द इयरको अवार्ड पाएको थियो ।
सिटिजन्सले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।