प्रदीप अधिकारी २ दिन अख्तियारको न्यायिक हिरासतमा रहने


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी २ दिन न्यायिक हिरासतमा रहने भएका छन् ।

बुधबार अदालतमा आरोपपत्र ढिला आइपुगेकाले अधिकारी २ दिनसम्म हिरासतमा रहने भएका हुन् ।

बयान लिएर थुनछेक गर्न समय नभ्याइने भएकाले महानिर्देशक २ दिन अख्तियारको न्यायिक हिरासतमा रहने भएका हुन । भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

अधिकारी सहित क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको छ ।

कूल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो कायम गरि मुद्दा दायर भएको छ ।