सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, लाभांस प्रस्ताव पारित

शुक्रबार सम्पन्न १९औं वार्षिक साधारणसभाले चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न १९औं वार्षिक साधारणसभाले चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ । त्यसैगरि साधारणसभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । बैंकको सञ्चालक चयन भने रोकिएको बताइएको छ ।