भुजुङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति, २० लाख कित्ता बेच्ने

नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते भुजुङ्गलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट भुजुङ्ग हाइड्रोपावरले सार्वजनिक निष्काशन (आईपीओ)को लागि अनुमति प्राप्त गरेको छ।

बोर्डले मंसिर ११ गते कम्पनीलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । हाल कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत अर्थात ८० करोड रुपैयाँबराबरको लगानी छ । आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

भुजुङ्गले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आईपीओ बिक्री व्यवस्थापकको रूपमा कुमारी क्यापिटल छ।