१४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन अन्तिम पटक ७ दिन मौका

काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो ।

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुन: स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको निकाय हो ।

यस्तो छ स्पष्टिकरण सोधिएका कम्पनीहरुको सूची