टी-२० विश्वकप २०२६ ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली

विज्ञापन
ncell

तालिकाअनुसार नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा खेल्ने छ । दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ ।

सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ । सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ ।

नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।