नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेक्सजेन म्यानेजमेन्टले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ करोड रुपैयाँबराबरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनाइज क्यापिटललाई नियुक्त गरेको छ ।
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ करोड रुपैयाँबराबरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनाइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सेयर निष्कासनका लागि नेक्सजेन म्यानेजमेन्टका तर्फबाट प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराई र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नेक्सजेन म्यानेजमेन्ट हाल अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ ।