९ किलो यार्सा र २० लाखसहित काठमाडौंबाट २ जना पक्राउ

पक्राउ परेकाहरुबाटअवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको छ ।

काठमाडौं । ९ किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँबजारबाट पक्राउ गरेको हो ।

उनीहरुबाट अवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई वन ऐनअनुसार कारबाही गर्न डीभीजन वन कार्यालय हात्तिसार पठाइएको छ ।