नेपाल एसबिआई बैंकद्धारा ९ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर ४ प्रतिशत र कर सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

९ प्रतिशत लाभांश घोषणा गरेको बैंकले बोनस सेयर ४ प्रतिशत र कर सहित ५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

बैंकको यो लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।