होटल रेष्टुरेन्टले पानीको मूल्य एमआरपीभन्दा बढी लिए कारबाही, वाणिज्य विभागले दियो चेतावनी
सिलबन्दी खानेपानी बोतल ग्राहकलाई उपलब्ध गराउँदा अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी रकम असुल गर्न पाईंदैन । अन्यथा उपभोक्ता संरक्षण ऐन नियम अनुसार कारबाही हुन्छ ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल रेष्टुरेन्टलाई बोतलको पानीको मूल्य उद्योगले तोकेभन्दा बढी नलिन आग्रह गरेको छ ।
विभागले सोमबार प्रेस विज्ञप्ति जारी गरी उद्योगले तोकेभन्दा बढी मूल्य लिने होटल, रेष्टुरेन्टलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
‘सिलबन्दी खानेपानी बोतल ग्राहकलाई उपलब्ध गराउँदा अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी रकम असुल नगर्न सूचित गरिएको छ,’ विभागले भनेको छ, ‘अन्यथा उपभोक्ता संरक्षण ऐन नियम अनुसार कारबाही हुने अवगत गराइन्छ ।’
विभागले उपभोक्ताको गुनासो बढेपछि विज्ञप्ति निकालेको हो ।