सालपा विकास बैंकले सवा १७ करोडको आइपीओ ल्याउन धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले सोमबार सालपालाई चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्काशन अनुमति दिएको हो ।

काठमाडौं । सालपा विकास बैंकले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार सालपालाई चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्काशन अनुमति दिएको हो ।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ । बैंकको हाल चुक्ता पुँजी ५२ करोड २३ लाख रुपैयाँ छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।