सुमनराज अर्याल बने मुख्यसचिव, बुधबारदेखी सम्हाल्नेछन् जिम्मेवारी
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सुमनलाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय लिएको हो ।
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारी सुमनराज अर्यालले पाएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सुमनलाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय लिएको हो । नबनियुक्त मुख्यसचिव सुमनले बुधबारदेखी जिम्मेवारी सम्हाल्नेछन् ।
एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।