बैंकिङ प्रणालीमा अधिक तरलता, ८४ दिनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

विज्ञापन
ncell

८४ दिने निक्षेप संकलन उपकरणको २०८२ माघ २८ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि एकै दिन ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । ८४ दिने निक्षेप संकलन उपकरणको २०८२ माघ २८ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।

उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ । साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।