पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने शिक्षामन्त्री पुनको उद्घोष

नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरिरहेका छन् ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् । 

नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनको भनाई छ । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ ।'