सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला तीन हजार ८ सय रुपैयाँले र चाँदी ६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।