लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

विज्ञापन
ncell

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन् ।