सुनको भाउ एकै दिन ५९०० बढेपछि फेरी नाघ्यो साढे २ लाख, चाँदीको पनि मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४ हजार २ सय डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४ हजार ३ सय ८१ डलरसम्म पुगेको रेकर्ड छ ।

काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

बुधबारको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । बुधबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४ हजार २ सय डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४ हजार ३ सय ८१ डलरसम्म पुगेको रेकर्ड छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा चाँदी तोलाको १ सय ७० रुपैयाँ बढेको हो । आज प्रतितोला ३ हजार सय ४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउमा ३ हजार सय ५० रुपैयाँको रेकर्ड बनेको छ ।