हिमालयन डिष्टिलरीको व्यापारमा धक्का, खुद नाफामा ५४ प्रतिशतको गिरावट
कम्पनीको बिक्री आम्दानी २७.६४ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष तीन महिनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
काठमाडौं। हिमालयन डिष्टिलरीको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै वधिमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो।
कम्पनीको व्यापार घट्दा आम्दानी प्रभावित भएको छ । कम्पनीको बिक्री आम्दानी २७.६४ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष तीन महिनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
कम्पनीको नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ पैसामा सीमित छ। कम्पनीको प्रति सेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा छ ।
३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन डिष्टिलरीकोको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।