सोलु हाइड्रोपावरले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति
काठमाडौं । सोलु हाइड्रोपावरले धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन अनुमति प्राप्त गरेको छ ।
कम्पनीलाई प्रति कित्ता एक सय रुपैयाँ दरका दुई करोड कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरिएको छ । अब कम्पनीले विवरण पत्र प्रकाशन गरेर सेयर विक्रीका लागि सार्वजनिक आह्वान गर्न सक्छ ।
कम्पनीले २० प्रतिशत हुन आउने दुई करोड कित्ता सेयर निष्कासन अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल छन्।