सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य, माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने
निवर्तमान सीईओ निश्चलराज पाण्डको कार्यकाल माघ ११ गते सकिँदैछ । त्यस कारण नवनियुक्त सीईओ आचार्यले माघ १२ गतेदेखि लागू हुनेछ । आचार्यलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गरेको हो । तर, उनको कार्यकाल भने माघ १२ गतेदेखि लागू हुनेछ ।
निवर्तमान सीईओ निश्चलराज पाण्डको कार्यकाल माघ ११ गते सकिँदैछ । त्यस कारण नवनियुक्त सीईओ आचार्यले माघ १२ गतेदेखि लागू हुनेछ । आचार्यलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।
एमबीए गरेका आचार्य करिब १७ वर्षदेखि सानिमा बैंकसँग आवद्ध छन् । सानिमा क्यापिटलमा अध्यक्ष समेत बनेका छन् ।
आचार्यले बैंकमा प्रमुख ऋण अधिकृत, प्रमुख सञ्चालन अधिकृत, सूचना अधिकृत र प्रमुख परियोजना वित्त अधिकृतका रूपमा काम गरेका छन् । सानिमा बैंकमा आवद्ध हुनु अघि उनले करिब ४ वर्ष नेपाल बायर्न इलेक्ट्रिकमा काम गरेका थिए ।