एमसीसी परियोजना क्षेत्रमा अन्य संरचना निर्माण र रुख रोप्न निषेधलगायतका मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

विद्युत प्रसारण लाइनको मध्ये रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ पर्ने करिब १ हजार ३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ ।

काठमाडौं ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीए नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारण लाइनको मध्ये रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ पर्ने करिब १ हजार ३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरि स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त, मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत लगायतका १७ निर्णयहरू गरेको छ ।