काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध
महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८२ बमोजिम कारबाही हुने । यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ ।
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ ।
चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले यस्ता वस्तु बाल्न रोक लगाइएको जनाइएको हो ।
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड छ ।