सुनको कारोबार मूल्य प्रति तोला २०० बढ्यो, चाँदीमा ५ रुपैयाँको गिरावट

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४००१.२१ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ४८.३ डलर छ। सुनको कारोबार मूल्य एक दिनमा प्रति औंस १७.६१ डलरले बढेको छ ।

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्यमा सामान्य घटबढ छ । गत साताको अन्तिम दिनका तुलनामा आइतबार सुन तोलामा २०० रुपैयाँ बढेको छ भने चाँदी ५ रुपैयाँ घटेको छ ।

सुनको कारोबार मूल्य प्रति तोला २ लाख ३८ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार प्रति तोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रति तोला ३ हजार १५ रुपैयाँ भएको छ । गत शुक्रबार तोलाको ३ हजार २० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४००१.२१ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ४८.३ डलर छ। सुनको कारोबार मूल्य एक दिनमा प्रति औंस १७.६१ डलरले बढेको छ ।