शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर ३ प्रतिशत दिँदा नगद कति ?

वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो ।

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो ।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।