सुन सातामा प्रतितोला १३०० र चाँदी २५ रुपैयाँले घट्यो
काठमाडौं । यस साता नेपाल बजारमा सुनचाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, उतारचढाव हुँदै शुक्रबारसम्म आइपुग्दा तोलाको २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भयो ।
यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला १ हजार ३०० रुपैयाँ कम हो ।
त्यस्तै यो साता नेपाली बजारमा चाँदीको मूल्य प्रतितोलमा २५ रुपैयाँ घटेको छ । आइतबार तोलाको ३ हजार ५५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य शुक्रबार ३ हजार २० रुपैयाँ कायम भयो । आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको हो ।