ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ८५ करोड, अधिकांश सूचकमा उल्लेख्य प्रगती
असोजसम्मको अवधिमा बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ । क्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।
काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष (आव) २०८२।८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
तीन महिनाको अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको १ अर्ब ५१ करोड २१ लाखको तुलनामा २२.९१ प्रतिशतले बढी हो ।
त्यस्तै, बैंकले खुद ब्याज आम्दानी मार्फत ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
असोजसम्मको अवधिमा बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा बैंकको उक्त नाफा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँबाट बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
तीन महिनाको अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत छ । कम्पनीको प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ ।