नबिल बैंकको नाफामा लाग्यो ब्रेक, पौने दुई अर्ब कमाउँदा अरु सूचक कस्ता ?
गत आवको पहिलो त्रैमासमा ४५ करोड ७७ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज अहिले ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ छ ।
काठमाडौं । नबिल बैंकको नाफामा ब्रेक लागेको छ । बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेको असर नाफामा देखिएको छ ।
बैंकले चालु आर्थिक वर्ष (आव) को तीन महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो तीन महिनाको २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ तुलनामा १४.५७ प्रतिशतले थोरै हो ।
यो अवधिमा असोजसम्म बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेको छ भने बैंकको सञ्चालन नाफा १०.८४ प्रतिशतले घटेको छ ।
गत आवको पहिलो त्रैमासमा ४५ करोड ७७ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज अहिले ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ छ । बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३.८६ रुपैयाँले घटेर २५.९७ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ छ ।