आजदेखि तीन महिना सरकारी कार्यालयहरू ४ बजे बन्द हुने
सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन् भने शुक्रबार ३ बजे नै कार्यालय बन्द हुने छ ।
काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन् ।
यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो माैसममा दिनको उज्यालो छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ। यसबाहेकका अन्य समयमा भने कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछ ।