काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सातदिने अल्टिमेटम
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने सूचनामा उल्लेख छ ।
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् ।
दुवै निकायले संयुक्त सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भएका संरचना हटाउन ७ दिनको समय दिइएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने सूचनामा उल्लेख छ । साथै यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले जानकारी उपलब्ध गराउन सक्ने समेत बताइएको छ ।