लगातार घटेको सुनमा ब्रेक, बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । तिहारपछि खुलेको नेपालको सुनबजारमा निरन्तर घटी रहेको सुन आज बिहिबार भने स्थिर रहन पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ पुगेको छ ।