घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, कुन विदेशी मुद्राको भाउ कति ?
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६० रुपैयाँ ९७ पैसा तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज १ अमेरिकी डलरको खरिद दर १४०.८२ रुपैयाँ रहँदा बिक्री दर १४१.४२ रुपैयाँ छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १४०.९३ रुपैयाँ रहँदा बिक्री दर १४१.५३ रुपैयाँ थियो ।
यस्तै, १ युरोको खरिद दर आज १६३.८३ रुपैयाँ कायम भएको छ । बिक्री दर १६४.५३ रुपैयाँ छ । बुधबार १ युरोको खरिद दर १६४.२७ रुपैयाँ र बिक्री दर १६४.९७ रुपैयाँ थियो ।
आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८६.१४ रुपैयाँ र बिक्री दर १८६.९३ रुपैयाँ रहेको छ । हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८७.५४ रुपैयाँ र बिक्री दर १८८.३४ रुपैयाँ थियो ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७६ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६० रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।