एभरेष्ट बैंकको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांस स्वीकृत
साधारणसभाले सेयरधनीहरुका लागि ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुका लागि ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सर्वसम्मतबाट पारित गरेको छ ।