निर्वाचनको वातावरण बनाउन बालुवाटारमा जेनजी र सत्ताच्यूत राजनीतिक दल आमनेसामने
प्रधानमन्त्री कार्कीको अग्रसरतामा प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका प्रतिनिधि, जेनजी प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु संयुक्त छलफलमा जुटेका हुन् । छलफलमा भदौ २३ र २४ को विद्रोहपछि सत्ताच्यूत भएका नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरु पनि सहभागि छन् ।
काठमाडौं । जेनजी र राजनीतिक दल आमनेसामने भएका छन् । निर्वाचनको वातावरण बनाउने पहलस्वरुप प्रधानमन्त्री सुशीला कार्कीले जेनजी र राजनीतिक दललाई एकै ठाउँमा राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीको अग्रसरतामा प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका प्रतिनिधि, जेनजी प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु संयुक्त छलफलमा जुटेका हुन् । छलफलमा भदौ २३ र २४ को विद्रोहपछि सत्ताच्यूत भएका नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरु पनि सहभागि छन् । यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । सरकारले फागुन २१ का लागि निर्वाचन तोकेको छ ।
बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् ।
जेनजीका तर्फबाट जेनजी प्रतिनिधिहरू मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन्।
राजनीतिक दलका तर्फबाट कांग्रेसका डा. प्रकाशशरण महत र वसन्त कुशवाहा, एमालेका महेश बर्तौला र क्षितिज थेबे, रास्वपाका डा. स्वर्णिम वाग्ले र निशा डाँगी, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा, राप्रपाका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वाला तथा जसपाका प्रकाश अधिकारी र दीपक कार्की छलफलमा सहभागी छन् ।