१०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन सुरु
नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रूपैयाँ ४० पैसा र चार रूपैया ८० पैसामा किन्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रूपैयाँ आम्दानी हुनेछ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद बिक्री सम्झौता (पीपीए)पछि व्यापारिक उत्पादन सुरु गरिएको हो ।
असोज २९ गते प्राधिकरण र कम्पनीबीचको बैठकले असोज २० गतेदेखि लागू हुने गरि व्यापारिक उत्पादन कायम गरेको जनाएको छ ।
मध्य भोटेकोशी सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाट क्षमताको आयोजना हो । आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ।
प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रूपैयाँ ४० पैसा र चार रूपैया ८० पैसामा किन्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रूपैयाँ आम्दानी हुनेछ।