ओली भेटेपछि पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि निर्वाचन’ भन्दै आएका थिए । प्रसाईंले राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन नसक्ने बताउँदै आएका थिए ।
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रहरीले प्रसाईंलाई शुक्रबार काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि निर्वाचन’ भन्दै आएका थिए । प्रसाईंले राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन नसक्ने बताउँदै आएका थिए । माघ पहिलो साता पनि उनी हाजिरी जमानीमा छुटेका थिए ।
२२ माघको राति ८ बजेदेखि ११ बजेसम्म पुर्वप्रधानमन्त्री केपी शर्माओली र प्रसाईंबीच भेटवार्ता भएको थियो । त्यसैदिन प्रधानमन्त्री शुसिला कार्कीले पुर्वप्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गरेकी थिईन् । प्रसाईले बीरगञ्जमा निर्वाचन कार्यक्रम विथोल्ने योजना बनाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।