एनपीएल: पाेखराले काठमाडौंलाई हरायाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा समेटियो ।

पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार गरेको थियो । २२५ रनको लक्ष्य पछ्याएको काठमाडौंले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । काठमाडौंले १९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि सोनु देवकोटाले १४ बलमा २९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

पोखराका बलरहरूले कसिलो बलिङ गर्दै काठमाडौंलाई लक्ष्यसम्म पुग्न दिएनन् । अन्ततः पोखराले ५५ रनको प्रभावशाली जित दर्ता गर्‍यो ।