फिल्म ‘रामायण’ ले १० दिनमा कति कमायो ?

बलिवुड फिल्म ‘रामायण’ ले विश्वभर बम्पर कमाई जारी राखेको छ । रिलिजको १० दिनमा रामायणले विश्वभरबाट १२ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको हो ।

काठमाडौं । बलिवुड फिल्म ‘रामायण’ ले विश्वभर बम्पर कमाई जारी राखेको छ । रिलिजको १० दिनमा रामायणले विश्वभरबाट १२ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको हो । 

नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ ।

फिल्मले प्रदर्शनको १० दिनसम्म विश्वभरबाट १२२८ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतमा यसको कुल कमाइ ६८५.६ करोड भारतीय रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ४०८.५ करोड भारतीय रुपैयाँ कमाई गरेको बलिवुडको बक्स अफिस रिपोर्टिंग गर्ने मिडिया स्याक्निलले उल्लेख गरेको छ ।

फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । भारतमा रामायणले पहिलो दिन पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु, तेस्रो दिन ६९.८० करोड, चौथो दिन ५६.१५ करोड, पाँचौं दिन १०७.५ करोड भारु, छैठौं दिन ९४.१० करोड, सातौं दिन ७०.६५ करोड, आठौँ दिन ५३.५ करोड, नवौं दिन ४८.१० करोड, दशौँ दिन ७२.९० करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन्।

यससँगै ‘रामायण’ ले आठ दिनमै विश्वभर एक हजार करोड रुपैयाँ कमाउने भारतीय फिल्ममध्ये एक बनेको थियो ।

मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको छ ।