प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश जबरा रिहा

विज्ञापन
ncell

उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई पक्राउ नगरिएको र सुरक्षाको कारण कार्यालयमा ल्याइएको जनाएको छ ।

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट मुक्त भएका छन् । गएराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई पक्राउ नगरिएको र सुरक्षाको कारण कार्यालयमा ल्याइएको जनाएको छ । कार्यालयको टोलीले उनलाई शनिबार राति महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएर टेकु ल्याएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा लगेर छाडिएको जानकारी दिए ।कार्यालयका एक अधिकारीका अनुसार जबरा अहिले प्रहरी कार्यालयबाट बाहिरिसकेका छन् । प्रहरीले जबरालाई नियन्त्रणमा लिनुको कारण सुरक्षासँग सम्बन्धित रहेको दाबी गरेको छ ।