कालीगण्डकीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर बगायो

विज्ञापन
ncell

कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ ।

गण्डकी । कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से र लस्ती बजारका  करिब दुई दर्जन घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् । बाढीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ । बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठुलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भए तापनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । 

 गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ ।