पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

विज्ञापन
ncell

गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो ।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यससँगै उनी निलम्बनमा परेका थिए ।

प्रहरीले उजुरीको आधारमा नियन्त्रणमा लिएको भने पनि विस्तृत विवरण भने खुलाइएको छैन।