कोशी ब्यारेजमा जल सतह बढ्यो, ब्यारेजका ४३ वटा ढोका खोलियो
पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएको छ ।
काठमाडौँ । कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ ।
पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ । शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड एक लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।
दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।
