जाडोयाममा लोडसेडिङ हुन दिन्नौँः कार्यकारी निर्देशक श्रेष्ठ

विज्ञापन
ncell

उनले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरुलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य सुरु भइसकेको समेत जानकारी दिए ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । बुधबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदयाममा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक उर्जाको खोजि भइरहेको समेत बताए ।

उनले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरुलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य सुरु भइसकेको समेत जानकारी दिए । बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाणको लागि तत्कालीन र दीर्घकालिन रणनीति निर्माणमा जुट्ने समेत बताए । उनले सुनकोशी-३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि बताए ।

उनले बाढीका कारण चिलिमे हबमा हाल सञ्चालनमा रहेको १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा बाट बाहिर गएको छ । उनले नागरिकलाई सहज तथा गुणस्तरीय बिजुली वितरण गर्न आफू प्रतिबद्ध रहेको समेत बताए । उनले बुधबार बिहान मात्र पद तथा गोपनियताको शपथ लिएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका थिए । असोज २ मा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।