विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए सपथ

विज्ञापन
ncell

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा मन्त्री श्रेष्ठले प्राधिकरणको कामलाई प्रभावकारी बनाउन संस्थागत प्रणालीलाई बलियो बनाउँदै निष्ठा र जिम्मेवारीका साथ अघि बढ्न निर्देशन दिए । उनले मन्त्रालय र मातहतका विभिन्न निकायबीच आवश्यक समन्वय कायम गरेर काम गर्न पनि आग्रह गरे ।

मन्त्री श्रेष्ठले भोटेकोशी बाढीका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा कायम मुकायम कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै त्यसका लागि धन्यवादसमेत व्यक्त गरे ।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।