असोज १५ गतेसम्म यी क्षेत्रमा काटिनेछ बिजुली (क्षेत्र र समयसहित)

विज्ञापन
ncell

नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेशनमा मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्ने भएकाले असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेशनमा मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्ने भएकाले असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणले सोमबार सूचना जारी गर्दै आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेशनको ११ केभी प्यानलमा नयाँ रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।

प्राधिकरणका अनुसार रत्नपार्क, पुल्चोक, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा तोकिएको दिन र समयमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

कुन क्षेत्रमा कहिले बत्ती जाने?

रत्नपार्क वितरण केन्द्र

असोज ४ र ५ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: न्यूरोड, धरहरा, दशरथ रंगशाला, सुन्धारा, भोटेबहाल, खिचापोखरी, झोंछे, हनुमानढोका, वसन्तपुर, लगन चोक, ओमबहाललगायत क्षेत्र।

असोज ६ र ७ गते, बिहान २ बजेदेखि ५ बजेसम्म: न्यूरोड, धरहरा, दशरथ रंगशाला, सुन्धारा, भोटेबहाल, खिचापोखरी, झोंछे, हनुमानढोका, वसन्तपुरलगायत क्षेत्र।

असोज ८ र ९ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: टेकु स्वास्थ्य सेवा विभाग कम्पाउन्ड क्षेत्र।

असोज ९ र १० गते, बिहान २ बजेदेखि ५ बजेसम्म: टेकु प्रहरी परिसर, फोहोरमैला, टेकु चोक, परोपकार, रामघाट, कंकेश्वरी, नरदेवी, असन, इन्द्रचोकलगायत क्षेत्र।

असोज ९ देखि ११ गतेसम्म, राति ११ बजेदेखि बिहान २ बजेसम्म: १२ र २१ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ब्रान्डटोल, हुमत, जैसिदेवल, भीमसेनस्थान आसपास।

असोज १० देखि १२ गतेसम्म, बिहान २ बजेदेखि ५ बजेसम्म: क्षेत्रपाटी, मयलबारी, ढल्कु, कालधारा, धोबीचौर, पकनाजोल, ठहिटी, कुवाहललगायत क्षेत्र।

असोज ११ देखि १३ गतेसम्म, राति ११ बजेदेखि बिहान २ बजेसम्म: टेकु सबस्टेशन, बंसीघाट, विश्वनिकेतन स्कुल, टेकु चोकदेखि त्रिपुरेश्वर चोकसम्म।

पुल्चोक वितरण केन्द्र

असोज ५ र ६ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: बल्खु हेल्पपोस्ट, सानेपा चोक, झम्सीखेल, पुल्चोक, प्रधान सेनापति क्वार्टर, हरिहर भवन आसपास।

असोज ६ र ७ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: सानेपा राममन्दिर, गुसिङ्गाल, एडभान्स कलेज, सानेपा, रेडियण्ट स्कुल आसपास।

असोज ७ र ८ गते, बिहान २ बजेदेखि ५ बजेसम्म: नखु चोक, बागडोल, धोबीघाट, मलपोखरी, सनराइज टावर, आफल्डोललगायत क्षेत्र।

असोज ७ र ८ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: भैंसेपाटी, गणेश मन्दिर, सिद्धिविनायक टोल, मञ्जुश्री मार्ग आसपास।

असोज ८ र ९ गते, बिहान २ बजेदेखि ५ बजेसम्म: थापाथली चोक, नर्भिक अस्पताल, प्रसूति गृह, राष्ट्र बैंक, बबरमहल, कुरियागाउँलगायत क्षेत्र।

कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र

असोज १२ र १३ गते, बिहान २ बजेदेखि ५ बजेसम्म: कालिमाटी पुल, परोपकार, टंकेश्वर, ढल्लु, बिजेश्वरी, चःमती, भगवानपाउलगायत क्षेत्र।

असोज १२ र १३ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: ताहाचल, कालिमाटी, काराखुसी पुल, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, महेन्द्र रत्न क्याम्पस, छागललगायत क्षेत्र।

असोज १३ र १४ गते, बिहान २ बजेदेखि ५ बजेसम्म: कीर्तिपुर, वयधा, बल्खु, कुमारी क्लब, चोभार, भाजंगल, पाङ्गा शालिक, टौदह, त्रिवि परिसरलगायत क्षेत्र।

असोज १३ र १४ गते, राति ११ बजेदेखि बिहान २ बजेसम्म: कुलेश्वर, प्राधिकरण मार्ग, सुनारगाउँ, माछा गेट, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी अस्पताल आसपास।

प्राधिकरणले तोकिएको समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा निर्धारित समयअघि नै विद्युत् सेवा सञ्चालनमा ल्याइने जनाएको छ। सटडाउनका क्रममा अप्रत्याशित प्राविधिक समस्या देखिएमा तालिकामा आवश्यकताअनुसार परिवर्तन हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।

विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।