बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

विज्ञापन
ncell

कम्पनीले भदौ २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो।

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

आईपीओमा २३ लाख ६१ हजार १२४ आवेदकले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका थिए। उपलब्ध सेयरको तुलनामा माग करिब ३० गुणा बढी भएपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा ८६ हजार ३२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी आवेदकले सेयर पाउन सकेनन् । आईपीओ नतिजा सार्वजनिक भएपछि सीडीएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट पोर्टल, एनएमबि क्यापिटल तथा मेरो सेयर मार्फत हेर्न सकिनेछ ।