युवाले सडकमा मागेको सुशासन प्रविधिबाट सुनिश्चित गर्दैछौँ : प्रधानमन्त्री शाह
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारको जरो उखेल्ने हातहरु अब झनै बलिया र धेरै रहेको बताएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो रहेको बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारको जरो उखेल्ने हातहरु अब झनै बलिया र धेरै रहेको बताएका हुन् । उनले विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्नेकुरामा सरकार सचेत रहेको बताए ।
शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि बताए । सुशासन नारा होइन, काम हो भन्ने हिसावले सरकारले काम गरिरहेको बताए ।
संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै आफूहरु पुरानै बाटोमा नहिँड्ने बताए । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताए ।
डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको जिकिर गरे । प्रधानमन्त्री शाहले युवाले सडकमा मागेको सुशासन सरकारले प्रविधिबाट पनि सुनिश्चित गरिरहेको बताए ।
रसुवा, भोटेकोशी बाढीले पुर्याएको क्षति रसुवा, भोटेकोशी बाढीले पुर्याएको क्षति अकल्पनिय रहेको बताए । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताए ।
