आज उपत्यकामा चार उद्योगले बाँड्दैछन् ५ हजार १०२ ग्यास सिलिण्डर

विज्ञापन
ncell

नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा आज चारवटा प्रमुख ग्यास उद्योगमार्फत ५ हजार १ सय २ वटा एलपी ग्यास सिलिण्डर वितरण गर्न लागेको जनाएको छ ।

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा आज चारवटा प्रमुख ग्यास उद्योगमार्फत ५ हजार १ सय २ वटा एलपी ग्यास सिलिण्डर वितरण गर्न लागेको जनाएको छ ।

निगमको दैनिक एलपी ग्यास बिक्री वितरण योजनाअन्तर्गत ग्यास वन, श्रीमाया, एसटीसी र सीताश्री ब्राण्डका सिलिण्डर उपभोक्तामाझ उपलब्ध गराउन लागिएको हो । चारवटै उद्योगले आफ्ना आधिकारिक बिक्रेता, डिलर तथा बिक्री काउन्टरमार्फत ग्यास वितरण गर्नेछन् ।

आज सबैभन्दा धेरै सिलिण्डर सीताश्री ग्यास उद्योगले वितरण गर्ने भएको छ । उद्योगले काठमाडौं, ललितपुर र भक्तपुरका ३९ वटा आधिकारिक बिक्रेतामार्फत २ हजार सिलिण्डर बजारमा पठाउनेछ ।

त्यस्तै, मेट्रो काठमाडौं ग्यास इन्डस्ट्रिज लिमिटेड (एसटीसी) ले विभिन्न डिलर, कोटेश्वर, बनेपा तथा धुलिखेलस्थित बिक्री काउन्टर र कालिमाटी कार्यालय गरी ४२ वटा बिक्री केन्द्रमार्फत १ हजार ९३० सिलिण्डर वितरण गर्ने जनाएको छ ।

यसैगरी, काब्सन्स इन्डस्ट्रिजले श्रीमाया ब्राण्डका १ हजार ३६ वटा सिलिण्डर तथा ग्यास वन नेपालले १५ वटा बिक्री केन्द्रमार्फत १३६ वटा सिलिण्डर उपभोक्तालाई उपलब्ध गराउनेछ ।

यसअनुसार आज उपत्यका तथा आसपासका क्षेत्रमा ग्यास वन, श्रीमाया, एसटीसी र सीताश्री गरी कुल ५ हजार १ सय २ वटा एलपी ग्यास सिलिण्डर वितरण हुने निगमले जनाएको छ ।