आज सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ किनबेच ?
यसअघि बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
