करदाता प्रोत्साहन उपहार कार्यक्रम: आज ३३ जना विजेता छनोट हुँदै

विज्ञापन
ncell

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो ।

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही रु एक लाख पाउनेछन् । साथै २ जना बम्पर उपहार पाउनेले जनही रु १० लाख पाउनेछन् ।